मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १३ सय १७ पुग्यो

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १३ सय नाघेको छ ।

बुधबार बिहान मकवानपुरमा थप ३४ जनामा संक्रमण पुष्टि भए संगै १३ सय नाघेको हो । यो संगै पुष्टि हुनेको संख्या १३ सय १७ पुगेको छ । यसैगरि मकवानपुरमा हालसम्म पुष्टि भएकामा एक हजार ४४ जना संक्रमण मुक्त भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा हालसम्म संक्रमण मुक्त हुनेको संख्या एक हजार ४४ पुगेको छ । जिल्लामा कोरोनाको कारण हालसम्म १३ जनाको मृत्यु भएको छ । जसमा १२ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना मनहरी गाउँपालिकाका गरी १३ जना रहेका छन् ।

जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय ५९ जना रहेको छ  । यसैगरि जिल्लामा आजको दिन सक्रिय संक्रमितको संख्या २ सय ५९ रहेको छ ।

जसमा १ सय ८८ जना होम आइसोलेस,६३ जना आइसोलेसन र ८ जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाईएको समेत गरी २ सय ५९ जना रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*