नेकपा मकवानपुरका युवा नेता चौलागाईलाई कोरोना संक्रमण

हेटौंडा । नेकपा मकवानपुरका युवा नेता तथा राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक सन्तोष चौलागाईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ही समयदेखि ज्वरो तथा रुघा खोकीबाट ग्रसित भएका चौलागाईँको स्बाव परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

जिल्ला युवा समितिका निवर्तमान अध्यक्ष समेत रहेका चौलागाईको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

एकसातादेखि घरमै आराम गरिरहेका चौलागाईँले कोरोना संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित साथ बसेको बताए । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*