मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरका थप एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपािलका वडा नंबर ७ न्युरेनीका ७८ वषीय वृद्ध रहेका छन् । उनको आज बिहान चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई स्वासप्रवासको समस्या तथा निमोनिया समेत देखिएको भरतपुर अस्पताले जनाएको छ ।
यो संगै कोरोनाको कारण मकवानपुरका १४ जनाले ज्यान गुमाएका छन् । जसमा १३ जना हेटौंडा उपमहानगरपालिका र १ जना मनहरी गाउँपालिका गरी १४ जना रहेका छन् ।
























