सबैभन्दा बढी बलात्कार हुने देश नभएसम्म हामी चुप लागेर बस्ने हो ?

काठमाडौँ – लगातार बढ्दै गएका महिला हिंसा र बलात्कारका घटनाविरुद्ध काठमाडौँमा आज (शुक्रबार) पनि प्रदर्शन भएको छ ।

समाजवादी महिला संघको अगुवाइमा शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो। प्रदर्शनका सहभागीहरुले हालै गृहमन्त्रीले बलात्कारबारे व्यक्त गरेको अभिव्यक्तिविरुद्ध पनि नाराबाजी गरेका छन्।

गृहमन्त्री रामबहादुर थापा बादलले संसदको राज्य व्यवस्था समितिको बैठकमा नेपाल बलात्कार कम हुने राष्ट्रको सूचिमा रहेको बताएका थिए।विश्वका दुई सय भन्दा धेरै मुलुकहरु मध्येमा पनि नेपाल कम बलात्कार हुने सूचिमा रहेको गृहमन्त्रीले बताएका थिए।

‘गृहमन्त्री ज्यू, विश्वको सबै भन्दा बढी बलात्कार हुने देश नभएसम्म हामी चुप लागेर बस्ने हो ? ’ लेखिएको प्ले कार्ड शुक्रबारको प्रदर्शनमा सहभागीहरुले बोकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*