डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै

काठमाडौँ – २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ।

शिक्षण अस्पताल अनशन बसिरहेका डा. केसीको छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो।

तर डा। केसीले अन्य औषधी भने लिन नमानेको डा. तोसिमा कार्कीले बताएकी छन्। डाक्टर भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिकाको बाबिरा मष्ट मन्दिरबाट १९ औँ अनशन सुरु गरेका हुन् ।

डा। केसीको २१ औँ दिन पुग्दासम्म पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*