प्रदेश ५ को राजधानी र नामको बिषयमा कांग्रेस र जसपाको संशोधन प्रस्ताव

बुटवल – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चार जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने संशोधन प्रस्तावमा उल्लेख गरेका छन्।

यस्तै जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट अगध मगरात राख्न प्रस्ताव गरेका छन्।

हाल दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*