कालोबजारी गर्नेहरुलाई कैद सजाय हुने चेतावनी

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय हुने चेतावनी दिएका छन्। मंगलबार धनगढीमा प्रेस संगठनले आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै जरिवाना गरेर मात्र कम नभएकाले कैद सजाय नै गर्ने चेतावनी दिएका हुन्।

बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालोबजारी गर्नेलाई कारहबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए। लकडाउनका कारण अर्थतन्त्र र रोजगारीमा समस्या सिर्जना भएको बताउँदै मन्त्री भट्टले इँटा भट्टीहरुमा अधिकांश भारतीय कामदार रहेकाले त्यहाँ नेपाली कामदारलाई काम दिनुपर्ने बताए।

यस्तै‚ कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, धनगढी अत्तरिया करिडोर स्थापना गर्ने र अर्थतन्त्रले भ्याएसम्म विभिन्न ठाउँमा औद्योगिक क्षेत्रहरु स्थापना गर्दै लैजाने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*