हेटौँडामा ६ वर्षकी बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एकजना किशोरलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी ६ वर्षीया बालिका बलात्कार गरेको भन्दै प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ का एकजना किशोरलाई पक्राउ गरेको हो । ति १४ वर्षका किशोरले गत असोज १९ गते बालिका बलात्कार गरेको जनाईएको छ ।

आरोपित बालकले बालिकालाई खेलिरहेको अवस्थामा फकाएर घर लगेको प्रहरीले जनाएको छ । बालिकालाई आफ्नो घरमा लगेर जर्वजस्ती करणी गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए । पीडित बालिकाको परिवारले १९ असोजमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ । हाल उक्त किशोरलाई म्याद थप गरि अनुसन्धान भैरहेको समेत प्रहरीको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*