मकवानपुरको सिडिओ दिपकराज नेपालको सरुवा
हेटौंडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिपकराज नेपालको सरुवा भएको छ । उनी प्रमुख जिल्ला अधिकारीको रूपमा बारा सरुवा भएका छन्।
गत वर्षको ५ चैतमा कार्यभार सम्हालेका सिडिओ नेपालको ७ महिनामै सरुवा भएको हो ।
सिडिओ नेपालको बारा सरुवा भएसँगै मकवानपुरको सिडिओमा हाल दाङमा सिडिओ रहेका गोविन्द प्रसाद रिजाल आउने बताईएको छ ।
























