आज मकवानपुरमा थप ४० जनामा कोरोना पुष्टि
हेटौंडा – मकवानपुरमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
आज दिउंसो आएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका ३४ जना र मनहरी ८ को १ जना, थाहाका ३ जना, कैलाश ६ को १ जना र जिल्ला बाहिरको एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
असोज २६ गते संकलित २१५ जनाको स्वाबमा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा १३ महिला र २६ पुरुष रहेका छन् ।
यसअघि आज बिहान मकवानपुरमा थप ७९ जनामा कोरोना पुष्टि भएको थियो ।
बिहान आएको २१५ जनाको रिपोर्टमा थप ७९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाको ७६ जना,मकवानपुरगढी गाउँपालिका २ जना र बकैया गाउँपालिका एक जना गरी ७९ जना रहेका छन् ।
























