आज दशैंको छैठौ दिन – कात्यायनी देवीको पूजा गरिदै
हेटौंडा । आज हिन्दू नेपालीहरुको महान चाड बडा दशैंको छैठौ दिन । आज दशैंको छैठौ दिन कात्यायनी देवीकोे पूजा गरिँदैछ ।
आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
मन्दिर र शक्तिपीठहरुमा देवी दुर्गाका शक्तिपीठहरूमा पुजापाठ हुने भएपनि यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले शक्तिपीठहरु बन्द गरिएको छ । त्यहाँ पूजारीहरुबाट नित्य पूजा मात्र हुँदै आएको छ ।
बडादशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।
























