मकवानपुरमा कोरोना मुक्त भएकोमा पुनः संक्रमण पुष्टि
हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएर मुक्त भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले दिएको जानकारी अनुसार ३ महिना अघि संक्रमण पुष्टि भएर कोरोना मुक्त भएका दुई जनामा पुनः स्रंक्रमण पुष्टि भएको हो ।
केहि दिन अघि लक्षण देखिएर स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको हो । पुष्टि हुने मकवानपुरमा कार्यरत ट्राफिक प्रहरी र बैंकका कर्मचारी रहेका छन् । मकवानपुरमा कोरोना पुष्टि भएर संक्रमण मुक्त भएर पुन संक्रमण देखिएको पहिलो घटना हो ।
मकवानपुरमा आज बिहान पनि ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै मकवानपुरमा कोरोना पुष्टि हुुनेको संख्या २ हजार ८ सय ९५ पुगेको छ । जसमा हालसम्म २ हजार १८ जना संक्रमण मुक्त भएका छन् ।
मकवानपुरमा कोरोनाको कारण २३ जनाले ज्यान गुमाएका छन् ।
























