हेटौंडाको डुमारेमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ को डुमारेमा एक घरमा आगलागी भएको छ ।

गएराति विद्युत सर्ट हुँदा स्थानीय ५३ वर्षीय खड्गबहादुर पुडासैनीको काठको दुई तल्लाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।

आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर पूर्ण रूपमा नष्ट भएको प्रवक्ता रानाले बताए । आगलागीबाट १५ लाख बराबरको क्षति भएको बताईएको छ । आगो गएरातिनै दमकल,प्रहरी र स्थानीयको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*