चितवनमा थप एक वृद्ध कोरोना सङ्क्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

निःशुल्क आकस्मिक सेवा शुरु

भरतपुर अस्पतालले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको पत्रअनुसार अस्पतालले आजदेखि गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.राजन पाण्डेका अनुसार, भरतपुर अस्पताल विकास समितिको कात्तिक ५ गते सम्पन्न बैठकले आजदेखि गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा दिने निर्णय गरेको थियो । आकस्मिक उपचार सेवा लिन आउँदा उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही पनि नभएका सेवाग्राहीहरु, तेस्रो व्यक्तिले ल्याएका सेवाग्राही वा बेवारिसे यो सेवाले लाभान्वित हुने उनले जानकारी दिए । सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र वाहक नागरिक, विपन्न नागरिक सिफारिस पत्रवाहक नागरिक सबैलाई समेट्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*