चुरियामाई माध्यमिक विद्यालयको भवन उद्घाटन तथा शिलान्यास
मकवानपुर, १७ कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानीमा अवस्थित श्री चुरियामाई माध्यमिक विद्यालयको चारकोठे भवन उद्घाटन गरिएको छ ।
डिएलपिईयुको सहयोगमा तयार भएको चारकोठे २ भवनको उद्घाटन तथा शिलान्यास कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । त्यस्तै विद्यालयमै बन्न लागेको नयाँ ४ कोठे भवनको पनि शिलान्यास गरिएको छ ।
स्कूलको भवन उद्घाटन तथा नयाँ भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मुक्तानको सभाध्यक्षतामा भएको भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा डिएलपिईयुका प्रमुख बद्रिबहादुर पाठकको विशेष आतिथ्यता, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामा र डिएलपिईयुका प्राविधिक कपिलदेव महतोको आतिथ्यता रहेको थियो ।
विद्यालयका शिक्षक देवराज शर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
बिगत ४ वर्षदेखि निजी श्रोतबाट प्लस टु सञ्चालन हुँदै आएको विद्यालयमा अब छिट्टै दरबन्दी कायम गरिने कार्यक्रमका प्रमुख अतिथि तथा हेटौँडा उपमहानगरपालिकाका मेयर महतले प्रतिबद्धत्ता व्यक्त गरे ।
























