मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

हेटौंडा । मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ८२ वर्षिय बृद्धकोे कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

उनको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्युु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिए ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २४ पुगेको  हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*