कोरोना संक्रमणपछि हास्यकलाकार मनोज गजुरेल आइसीयूमा भर्ना

काठमाडौं – मनोज गजुरेलको कोरोना भाइरस संक्रमणपछिको अवस्था गम्भीर भएपछि आइसीयूमा राखेर उपचार थालिएको छ ।

गत कार्तिक १० गते गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको बताएका थिए ।

घरमै बसेर कोरोनाको उपचार गराइरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

गजुरेलले यसअघि सामाजिक सञ्जालमार्फत आफूमा सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको बताएका थिए ।

गत बुधवारदेखि उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*