हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

कार्तिक २४ – ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

मन्त्रालयले शाक्यलाई अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएपछि प्राधिकरण निमित्तको भरमा चल्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*