हेटौंडामा कोरोनाको कारण मृत्यु हुनेको संख्या २५ पुग्यो
हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण हेटौंडाका थप एक जना पुरुषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ निवासी ४९ वर्षीय पुरुषको गयराति मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
हेटौंडामा कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई चितवन ल्याइएको थियो । यहाँ ल्याउदा उनमा श्वासप्रश्वासको समस्या थियो ।
कोभिड आइसीयूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
























