देउसी भैलो लगाएत सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आउँदै गरेको हिन्दू नेपालीहरुको चाड तिहारमा देउसी भैलो लगाएत सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यस वर्षको तिहारमा देउसी भैलो लगाएत सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
प्रशासनले एक सूचना जारी गर्दै तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र विक्रि वितरण तथा प्रयोग नगर्न अनुरोध गरेको छ ।
























