मकवानपुरमा कोरोना संक्रमितको संख्या ३३९८ पुग्यो , ज्यान गुमाउने २८ जना

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ३ सय ९८ जना पुगेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ३ हजार ३ सय ९८ पुगेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर अनुसार जिल्लामा हालसम्म पुष्टि भएका संक्रमितमा हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।

जिल्लामा आजको दिनमा १९ जना आइसोलेसन र ५ सय ५८ जना संक्रमित घरमै उपचाररत रहेका छन् ।

मकवानपुरमा हालसम्म कोरोनाको कारण २८ जना को ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २ जना संक्रमितको ज्यान गए संगै ज्यान जानेको संख्या २८ पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*