मकवानपुरमा हालसम्म १६ हजार ५ सय ३७ को कोरोना परीक्षण
हेटौंडा । मकवानपुरमा हालसम्म १६ हजार ५ सय ३७ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा आजको दिन सम्म ३ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीले बताए । उनका अनुसार पुष्टि भएकामा हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।
मकवानपुरमा कोरोनाको कारण हालसम्म २८ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा बढी २१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नगरपालिका,बकैया र मनहरी गाउँपालिकाका २र२ जना रहेका छन् भने एक जना बागमती गाउँपालिकाका रहेका छन् । जिल्लामा हाल ५ सय ७९ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
























