हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु
हेटौंडा । हेटौंडामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
ज्यान जानेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ की ६४ वर्षीया वृद्वा रहेकी छन् । उनको उपचारको क्रममा आज बिहान घरमै मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले खबरब्रेकलाई बताए ।
उनलाई एक साता अघि कोरोना पुष्टि भएको थियो ।
यो संगै हेटौंडामा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ भने मकवानपुरमा २९ जना पुगेको छ ।
यसैगरी कोरोना भाइरस संक्रमणको कारण हालसम्म मकवानपुरको थाहा नगरपालिका,मनहरी र बकैया गाउँपालिकाका २र२ जना र बागमती गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
























