हेटौंडा १६ स्थित शिवम् सिमेन्टमा आगलागी
हेटौंडा । हेटौंडा-१६ हटिया स्थित शिवम् सिमेन्टमा आगलागी भएको छ ।
शनिबार बिहान उद्योगमा विजुली सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको जनाएको छ ।
स्थानीय, प्रहरी, उद्योग कर्मचारी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताईएको छ ।
























