कार्यकारी अध्यक्ष प्रचण्ड–चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होए यान्छीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता भएको हो । राजदूत यान्छीलाई भेट्नुअघि प्रचण्डले स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहाहुर रायमाझीसँग भेट गरेका थिए ।

बिहान नेताहरुसँग भएको छलफलका क्रममा चिनियाँ राजदुतले भेट्न आउन लागेको जानकारी गराएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*