बर्दिवासमा बिहान ९ बजेदेखि निषेधाज्ञा

महोत्तरी – बर्दिवासकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीयबासी फेरि आन्दोलित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि २४ घण्टासम्मलाई निषेधाज्ञा जारी गरेको हो । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्याको विरोधका क्रममा हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*