कोरोनाको कारण मकवानपुरमा थप एक महिलाको मृत्यु
हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरकी थप एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ की ५७ वर्षीया महिला रहेकी छन् । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
भरतपुर अस्पतालको अनुसार ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर ५ गते अस्पतालमा भर्ना भएकी उनलाई सोहि दिन कोभिड आईसियुमा राखेर उपचार गरिएको थियो ।
उनको बुधबार राति ११ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
























