७ शैयाको आइसियु सञ्चालन गर्दै हेटौँडा अस्पताल

हेटौँडा । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा रहेको एकमात्र सरकारी अस्पतालको रुपमा हेटौँडा अस्पतालमा मंसिर १५ गतेबाट आइसियु सेवा सञ्चालन हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलका अनुसार मंसिर १५ बाट सात शैयाको आइसियु तथा १० शैयाको एचडियु सेवा सञ्चालन हुँदै छ ।

आइसियुको अभावमा अस्पतालमा उपचारको लागि आएका विरामिहरुलाई रिफर गर्ने गरिएको थियो, जसकारण हेटौँडा अस्पताललाई रिफर अस्पताल समेत भनिन्थ्यो ।

आइसियु तथा एचडियु सेवा शुरुवात भएपछि अस्पतालमानै रहेका विभिन्न अप्रेसनहरु समेत गर्न सकिने अध्यक्ष पौडेलले बताए । आइसियुको अभावमा सामान्य अप्रेसन समेत गर्न नसकिने समस्या झेल्दै आएको अस्पताललाई यो समस्याबाट मुक्ति मिलेको उनले बताए ।
अस्पतालमा हाल ४१ जना चिकित्सकहरुले सेवा दिएका छन भने सयौँ स्वास्थ्यकर्मीहरु समेत अस्पतालमा कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*