हृदयघातको कारण मकवानपुर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्षको निधन
जेठ ३१, हेटौंडा । मकवानपुर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष राजेशहरि जोशिको निधन भएको छ । ६६ वर्षको उमेरमा जोशीको आइतबार राती हृदयघातबाट मृत्यु भएको बताइएको हो ।
हेटौंडा–२ का स्थायीवासी जोशीको आइतबार राती सवा ८ बजेको समयमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, पाटनको सुनधारास्थित निवासमै निधन भएको हो ।
जोशि नेपाल बुद्धिचाल संघका निर्वतमान अध्यक्ष समेत हुन् । मकवानपुर बचत तथा ऋण सहकारी सस्थाका सस्थापक अध्यक्ष समेत रहेका जोशि २० वर्षबाट हालसम्म अध्यक्ष पादमा थिए ।
उनी २०५६ सालमा मकवानपुर जिल्ला बुद्धिचाल संघका संस्थापक अध्यक्ष हुँदै २०५९ सालमा नेपाल बुद्धिचाल संघको उपाध्यक्ष र २०६४ सालमा नेपाल बुद्धिचाल संघका अध्यक्ष भएका थिए ।

























