मोटरसाईकलको ठक्करबाट एकजना ब्यक्तिको मृत्यु

जेठ ३१, हेटौँडा । मोटरसाईकलको ठक्करबाट एकजना ब्यक्तिको मृत्यु भएको छ । धनगढीमा सोमबार बिहान से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री कैलालीको भजनी नगरपालिका –१ का साधुराम डगौराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घाइते दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*