सभामुख सापकोटा सिन्धुपाल्चोकको जाँदै
हेटौंडा, असार २- सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जान लागेका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीले घर बगाएर क्षति गरेपछि उद्दारका लागि उनी त्यहाँ जान लागेको बताइएको छ ।
उनी हेलिकप्टर लिएर त्यसतर्फ जान लागेको बताइएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ जम्बुमा १५ घर बगाउदा १९ जना बेपत्त भएका छन् भने २ जनाको शव फेला परेको छ ।
सभामुख सापकोटा मेलम्ची पुगेर स्थलगत अध्ययन गर्ने र आजै साँझ काठमाडौँ फर्किने न्यौपानेले बताए ।

























