राहत र उद्धारमा जुट्‍न तरुण दलको अनुरोध

असार २, काठमाडौँ – नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले बाढी पहिरो पीडितलाई राहत र उद्धारमा जुट्‍न निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जित जङ्ग बस्‍नेतले एक विज्ञप्ति जारी गर्दै राहत र उद्धारमा जुट्‍न निर्देशन दिएको हो ।

आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछु बस्‍नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ुसाथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ ।

अविरल रुपमा वर्षाले बाढी पहिरोको कारण केहि दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्‍न ठाउँमा ठुलो जनधनको क्षति व्यहोरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*