बाढीका कारण मेलम्चीमा १ जनाको मृत्यु, २० जना बेपत्ता

सिन्धुपाल्चोक, असार ३-   सिन्धुपाल्चोकको मेलम्चीमा गएको भीषण बाढीका कारण हालसम्म एक जनाको निधन भएको छ भने अन्य २० जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको ९बुधवार० साँझ ७ः४५ बजेसम्मको विवरण राखिएको प्रेस विज्ञप्तीमा यसको जानकारी दिएको हो । जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर १ नाकुत्ते भन्दा ५ सय मिटर माथिको भू(भागबाट गएको भीषण पहिरोका कारण मेलम्ची नदी थुनिएपश्चात उक्त बाँध फुट्दा नदीको बहाब बढेको थियो । जसकारण मेलम्ची र हेलम्बु क्षेत्रमा जनधनको ठूलो क्षति पुर्याएको हो ।

अहिले पनि प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको गोरखबक्स गणका गणपति, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं।१६ गणका गणपति र राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख समेतको उपस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पालिकाका बासिन्दाहरुबाट खाज तथा उद्दार कार्य भइरहेको जनाइएको छ । साथै उद्दार गरिएका मानिसहरुलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा लगि उपचार भइरहेको जनाइएको छ । उक्त बाढीबाट मेलम्ची नगरपालिकाका अन्दाजी ६ सय जना र हेलम्बु गाउँपालिकाका अन्दाजी ३ सय जना स्थानीय बासिन्दाहरु प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसािर बुधवार साँझ ७ः४५ बजेसम्मको विवरणका अनुसार १ जना पुरुषको शव फला परेको र सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*