सिक्किममा रेलमार्गको सुरुङमा पुरिएर दुई मजदुरको मृत्यु

गान्तोक, असार ४ – भारत सिक्किमको रङ्पूमा रेलमार्गको सुरुङमा पुरिएर दुई मजदुरको मृत्यु भएको छ ।

जमिन भासिँदा सुरुङ निमाणमा खरिएका मजदुरहरू पुरिएका हुन् । अन्य चारजना मजदुर घाइते भएका छन् ।

उक्त सुरुङ दार्जिलिङको सेबोक र सिक्किमको रङ्पूबीच निर्माणाधीन छ । बिहीबार साँझदेखि त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।

हालसम्म सिक्किम रेलमार्गमा जोडिएको छैन । सिक्किमलाई पनि रेल सञ्जालमा जोड्ने उद्देश्यले रेलमार्ग निर्माणाधीन छ ।

सिक्किमलाई रेल सञ्जालमा जोड्ने उद्देश्यले ४४।९ किलोमिटरको रेलमार्ग परियोजना अगाडि सारिएको छ । उक्त रेलमार्गमा १४ वटा सुरुङ निर्माण गर्ने योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*