काभ्रेमा आमा छोरा मृत अवस्थामा फेला

असार ४, काठमाडौं । काभ्रेमा दुइजना मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको बनेपा नगरपालिका-११ बाँनिया टोल डेरा गरी बस्ने पाँचखाल नगरपालिका-६ घर भएकी ३० वर्षीया मनिषा कार्की (घिमिरे) र उनकै ६ वर्षीय छोरा युवान घिमिरे बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले मनिषाका श्रीमान्लाई नियन्त्रणमा लिएको ​छ । यस घटनाबारे थप अनुसन्धान गरिरहेको इलाईका प्रहरी कार्यालय बनेपाले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*