आज धेरै स्थानमा भारी वर्षा हुने सम्भावना

असार ६,हेटौंडा । मौसम पूर्वानुमान महाशाखा अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाशाखा अनुसार हाल देशको दक्षिणी भू- भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। महाशाखाले देशभर सामान्य देखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको थोरै र बाकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसम:

२०७८ असार ६ गते (आईतबार) 

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा को सम्भावना छ ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा को सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध०को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*