तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

असार ६, काठमाडौं – तास खेलिरहेको अवस्थामा प्रहरीले नौजना पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–५, पर्श्याङ, धारापानी मार्गमा डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङसहित नौजनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार बेलुका वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २३ हजार १६५ रुपैयाँ सहित पक्राउ गरेको छ । साथै उनीहरूको साथबाट एक बुक तास पनि फेला पारेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*