करेन्ट लागेर मेलम्चीका बाढी पीडितको मृत्यु

असार ७, मेलम्ची – मेलम्चीका बाढी पीडितको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। बाढीबाट कटान रोक्नका लागि स्काभेटर लिन जाने क्रममा बाटोमा करेन्ट लागेर मेलम्ची बजारका अन्दाजी ४५ वर्षे धर्मराज दुलालको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

मेलम्ची बजारका उनी तरकारी पसल गर्थे। बाढीले पसल गर्ने अवस्था नरहेको उनी मेलम्ची नगरपालिका वडा १० स्थित माझी गाउँतिर हिँडेका थिए। वडा १० मा क्रसर रहेको त्यही जाने तयारीमा निस्केका उनी करेन्टले हानेर पल्टिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी टेकबहादुर तामाङले बताए।

खानेपानीको अफिस भन्दा अलि तल पुल छ। त्यही छेउमा फलामे पोल ढालेर करेन्ट लागेछ, तामाङले भने, सायद पोल आज बिहान ढलेको हुनुपर्छ। मेसिन लाउने भनेर निस्केको थियो भन्ने कुरा आयो। मेलम्चीबाट शिखरपुर नवलपुरतर्फ ल्याएको फलामे पोललाई बाढीले तानेर ढालेको बताइएको छ। मृतकको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*