पहिरोको कारण एक जनाको मृत्यु

पाँचथर, असार ७ – पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ वर्षीय टेकनाथ धौराली छन्। टाउको र शरीरमा ढुंगाले लागेका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन्।सोमबार बिहान सवा ७ बजे उनीहरूलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरोसँगै आएको ढुंगाले किचेको थियो।

प्रहरी चौकी फलैंचा र सीमा प्रहरी चौकी च्याङथापुबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*