सेप्टिक ट्याङ्की भत्किदा २ जनाको मृत्यु

असार ७, सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर – ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ ।

सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए ।

घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*