निषेधाज्ञा खुकुलो भएसँगै केही स्थानमा हुन थाल्यो ट्राफिक जाम
८ असार, काठमाडौं । ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चलेका हुन् ।
जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अक्षर) का सवारी चल्नेछन् । ट्याक्सीलाई पनि जोरबिजारमा सञ्चालन गर्न दिइएको छ । तर सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएको छैन ।

























