मकवानपुर थाहानगरका किसानहरु आलु खन्नमै व्यस्त

मकवानपुर, असार ८ – पालुङरमकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकाका किसानहरुलाई अहिले आलु खन्ने चटारो छ । बारीमा लगाइएको आलु खन्न किसानहरुलाई अहिले भ्याइनभ्याई छ । असार महिनाभर यहाँका आलु उत्पादक किसान आलु खन्नमै व्यस्त रहन्छन् ।

मकवानपुरमा उत्पादन हुने आलुको ठुलो हिस्सा थाहानगरमा उत्पादन हुने आलुले लिएको छ । थाहानगरमा उत्पादन हुने आलु देशका ठुला–ठुला सहरहरु काठमाण्डौ, हेटौंडा, बिरगंज, पोखरा, बुटवल लगायतका भारतमा समेत निर्यात हुन्छ ।
प्रतिकुल मौसमको बावजुद पनि यस वर्ष थाहानगरमा गत वर्षकै तुलनामा उत्पादन भएको तर गत वर्ष भन्दा आलुको दाना अलि सानो फलेको थाहा नगर तीनका किसान लक्ष्मी कार्कीको भनाई छ ।

नेपालको पहिलेदेखीकै रोग हो कुनै पनि बिउ किन्ने बेलामा महंगो त्यसको फसल बेच्ने बेलामा सस्तो हुने । आफुहरुले आलु रोप्ने बेलामा बिउ महंगोमा किन्नु परेको तर आलु बेच्ने बेलामा बल्ल बल्ल किलोको २० रुपैँयाको दरले बिक्री भएको स्थानी किसान अमृता केसीको भनाई छ ।

थाहानगरका किसानहरुले आलुको बिउ भण्डारणको लागि काठमाण्डौ, हेटौंडा लगायतको शहरमा रहेका शित भण्डारहरुमा लैजानु पर्ने बाध्यता छ । जस्को कारणले गर्दा किसानहरुलाई आर्थिक भार थपिन्छ । किसानहरुले दुख र मेहेनत गरेर उत्पादन गरेको आलु शित भण्डारको व्यवस्था नभएकोले खन्ने बित्तिकै व्यपारीले जति भनेको त्यतिमै बेच्नु पर्ने बाध्यता रहेको सर्मिला केसीको भनाई छ ।

गत बैशाखमा आएको असिना पानीले आलुमा निक्कै क्षती गरेको थियो । असिनाले बाँकी राखेको धुजा धुजा बोटबाट अनेक–अनेक गरेर उत्पादन भएको आलुले राम्रो बजार भाउ नपाउनु किसानको लागि दुखको कुरा भएको थाहानगर ३ का किसान मनराम कार्कीको भनाई छ ।

शित भण्डारको निक्कै आवश्यकता रहेको थाहानगरमा अहिले प्रदेश सरकारको ७० प्रतिशत र थाहानगरका सहकारीहरुको ३० प्रतिशत लगानीमा शित भण्डारको निर्माण हुदैँछ । शित भण्डारको सञ्चालन भएपनि भने थाहा नगरका किसानहरुलाई बिउको आलु राख्न टाढा लानु नपर्ने र उत्पादिन आलु शित भण्डारमा राखेर आफ्नो अनुकुल समयमा बेच्न सजिलो हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*