जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

असार ९, काठमाडौँ– जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौँको बबरमहलकी एक घरबेटी रिहा भएकी छन्। दलित युवती रुपा सुनारको उजुरीका आधारमा प्रधान थरकी ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको थियो।

उनी बुधबार रिहा भएकी हुन्। सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा उनलाई छोडिएको हो। थप अनुसन्धान जारी रहने प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*