सन्तोषी सुब्बा हत्या आरोपमा तिमल्सिना पक्राउ
असार १०, काठमाडौँ – दक्षिणकाली मन्दिर नजिकै विभत्स तरिकाले महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको अभियोगमा सुवास तिमल्सिना नाम गरेका व्यक्ति प्रक्राउ परेको प्रहरीले जनाएको छ ।
तिमल्सिनालाई महानगरीय प्रहरी अपराध अनुसन्धानको टोलीले काठमाडौँको असनबाट पक्राउ गरेको हो।सुब्बाको शव मंलगबार दक्षिणकालीको मन्दिर नजिकको सार्वजनिक शौचालयमा भेटिएको थियो।
























