चट्याङ लागेर एक जनाको मृत्यु

असार ११, स्याङ्जा – चट्याङले लागेर अर्जुन चौपारी गाउँपालिका–२ घडेरीका १५ वर्षीय रोहित गुरुङको मृत्यु भएको छ।

घरमा सुतिरहेका बेला शुक्रबार करिब ५ बजे रोहितलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।

घटनाको थप विवरण संकलन गर्न प्रहरी निरीक्षक अर्जुन विकको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाइएको अधिकारीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*