असार २२ गतेबाट भेरोसेल खोपको दोस्रो डोज सुरु

काठमाडौं, असार ११ । कोरोना (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ ।

जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ ।

खोप शाखा प्रमुख डा।. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने जानकारी दिनुभयो ।

अघिल्लो खोप अभियानमा भेरोसेल खोपको पहिलो डोज लगाएका र दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने भएका छन् । पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।

६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*