चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट, असार १२- रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको आज बिहान मृत्यु भएको हो ।

घर बाहिर बसिरहेका बेलामा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागी गम्भीर घाइते भएका जमसैदको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*