आज देशभर दुई हजार १६ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

असार १२, हेटौंडा – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज देशभर दुई हजार १६ जनामा संक्रमण देखिएको छ। देशभर नौ हजार ८१० जनाको स्वाब परीक्षण गरिएको थियो। शुक्रबार दुई हजार ४७६ जनामा संक्रमण देखिएको थियो।

आज चार हजार ७०४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १७४ जनामा र चार हजार ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा ८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु भएको छ। शुक्रबार २७ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको छ।  आज कोरोनाबाट चार हजार ९१४ जना निको भएका छन्। शुक्रबार पाँच हजार ४५५ जना निको भएका थिए।

थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दद्धटघट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*