आज विपक्षी गठबन्धनका नेता र पत्रकारबीच अन्तरक्रिया
काठमाडौं, असार १२ – विपक्षी गठबन्धनका नेताहरुले शनिबार पत्रकारसँग छलफल गरिरहेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा नेता र पत्रकारबीच छलफल कार्यक्रम चलिरहेको छ ।
विपक्षी दलका नेताहरुले विभिन्न सञ्चार माध्यममा आवद्ध राजनीतिक बिटमा रिपोर्टिङ गर्ने पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् ।
छलफल कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।
बिहीबार विपक्षी गठबन्धनका नेताहरुले सोही स्थानमा सम्पादकसँग अन्तरक्रिया कार्यक्रम गरेका थिए ।
























