आज पनि भारी वर्षाको सम्भावना,सतर्कता अपनाउनु अनुरोध
असार १३, हेटौंडा । मौसम पूर्वानुमान महाशाखा अनससार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। महाशाखा अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
महाशाखा अनुसार यस्तो छ आजको मौसम:
२०७८ असार १३ गते (आईतबार)
दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखा अनुसार आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू- भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
























